
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपालले पिएनजीको ६ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्।
पिएनजीले १९ ओभरमा ६ विकेट गुमाएर ८० रन बनाएको छ।