PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'पदमुक्त' प्रधान न्यायाधीशले हिजो सपथ खुवाए, आज उनैलाई राजीनामा बुझाए



पहिलोपोस्ट

'पदमुक्त' प्रधान न्यायाधीशले हिजो सपथ खुवाए, आज उनैलाई राजीनामा बुझाए

काठमाडौं : 'गत साउनमै अवकाश भइसक्नुपर्ने' भन्दै न्यायपरिषद सचिवालयले हिजोमात्र 'पदमुक्त' घोषणा गरेको प्रधान न्यायाधीश गोपाल पराजुलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा पेश गरेका छन्।

हिजै पराजुलीले राष्ट्रपति भण्डारीलाई सपथ ग्रहण गराएका थिए। राष्ट्रपतिमा भण्डारीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुअघि नै न्याय परिषद सचिवालयले उनलाई 'पदमुक्त' भएको पत्र सार्वजनिक गरेको थियो। 

आज पराजुली शितल निवास पुगेर राष्ट्रपतिलाई राजीनामा बुझाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell