PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

वर्ल्डकप क्वालिफायर : पिएनजी ११४ रनमा अलआउट, सन्दीप र दीपेन्द्रले लिए समान ४ विकेट



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : पिएनजी ११४ रनमा अलआउट, सन्दीप र दीपेन्द्रले लिए समान ४ विकेट

काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। ओडिआई स्ट्याटस हात पार्नका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

हरारेस्थित ओल्ड हरारियन्समा नेपालले पिएनजीलाई ११४ रनमा अलआउट गरेको छ। पिएनजीलाई २७.२ ओभरमा अलआउट गर्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए। यस्तै सोमपाल कामी र करण केसीले समान १ विकेट झारे।

सोमपाल र करणले ओपनरलाई आउट गर्दै सुखद सुरुवात दिलाएका थिए। त्यसमा सन्दीप र दीपेन्द्रले कसिलो बलिङ गरेपछि पिएनजी कम स्कोरमा अलआउट भयो। सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिए। यस्तै दीपेन्द्रले ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट झारे।

पिएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन बनाए भने जासोन किलाले १५ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell