PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'रियालिटी सो' कि ठगी धन्दा ? 'डान्स नेपाल डान्स' पनि विवादमा 



पहिलोपोस्ट

'रियालिटी सो' कि ठगी धन्दा ? 'डान्स नेपाल डान्स' पनि विवादमा 

काठमाडौं : विभिन्न 'रियालिटी सो'का नाममा ठग्ने धन्दा बढ्दो छ। महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले 'डान्स नेपाल डान्स' रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइ ठगी गर्ने संचालकलाई पक्रेको छ। २९ वर्षीय विक्रम अछामीलाई प्रहरीले पक्रेको हो। 

दिने भनिएको पुरस्कार राशी नदिएपछि ठगीमा उजुरी परेको थियो। उजुरीलगत्तै बुधवार उनलाई पक्राउ गरिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले बताए। 

अछामीले भी एण्ड भाइरस  नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गरी 'डान्स नेपाल डान्स' नामक टेलिभिजन रियालिटि सो चलाएका थिए। पहिलो सिजन २०६८ जेठ २७ गतेबाट सुरु भएको थियो जसमा ३ सय जना सहभागी भएका थिए। 

दोस्रो सिजन भने २०७३ साल साउन २६ गतेबाट सुरु भएको थियो। दोस्रो सिजनमा ४ सय जना सहभागी थिए। पहिलो सिजनमा प्रथम हुनेलाई ३ लाख, दोस्रो सिजनमा प्रथम हुनेलाई २.५ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई १८ हजार रुपैयाँ नगद पुरस्कार दिने भनिए पनि आयोजक कार्यक्रमपछि सम्पर्क बिहीन भएको एसपी उप्रेतीले बताए।

केही समयअघि नेपाल आइडलको विषयमा पनि विवाद देखिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell