PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

राष्ट्रिय खुल्ला महिला भलिबल :  न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

राष्ट्रिय खुल्ला महिला भलिबल :  न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४ को उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र आयोजकको टोली एपीएफ भिड्ने भएका छन्।

प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमीफाइनल खेलमा विजयी हुँदै न्यू डायमण्ड र नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१०, २५–२२, २५–१३ को सेटमा पराजित गर्‍यो। खेलमा न्यू डायमण्ड एकेडेमीकी प्रतिभा माली 'वुमन अफ द म्याच' घोषित भइन्।

यसैगरी विभागीय भिडन्तमा घरेलु टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–९, २५–९, २५–१० को सेटमा हरायो। खेलमा एपीएफ क्लबकी नेविका चौधरी वुमन अफ द म्याच भएकी छन्।

प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ। चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले दुई लाख ५० हजार तथा दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। विधामा उत्कृष्ट हुने खेलाडीहरुले ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell