PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

राष्ट्रपति भण्डारीलार्इ सार्क महासचिवको बधाई



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीलार्इ सार्क महासचिवको बधाई

काठमाडौँः संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित भएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गरेका छन्। 

राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गरेका हुन्। 

पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उनले सार्कको स्थापनाकालदेखि नै क्षेत्रीय सहयोग प्रवर्द्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। 

सार्क प्रक्रियालाई अझ सुदृढ तुल्याउन अध्यक्षका नाताले नेपालबाट निरन्तर सहयोग एवं मार्गनिर्देश हुने आशा महासचिवले पत्रमा व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell