
काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले उपत्यकाभित्र शान्ति सुरक्षा प्रत्याभूति दिलाउनुका साथै ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृह मन्त्री थापाले आफू अरु जस्तो 'टाइम पास' गर्न गृह मन्त्रालयको जिम्मेवारी नलिएको भन्दै काम गरेर देखाउन कडा निर्देशन दिएको बैठकमा सहभागी एक प्रहरी अधिकृतले बताए।
गृह मन्त्री थापालाई उदृत गर्दै उनले भने, 'म अरुजस्तो समय विताउन मन्त्रालयमा आएको होइन, केही गरेर देखाउनु छ। यो एक्लो प्रयासले मात्र सम्भव छैन तपाईँहरुले साथ दिनुहोस्।'
गृह मन्त्री थापाले उपत्यका भित्रको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन व्यवस्था सहज गर्न निर्देशन दिएका थिए। गृह मन्त्री थापालाई उद्धत गर्दै उनले भने, 'मलाई प्रहरीको योजनाभन्दा पनि उसले गर्ने कामको परिणाम चाहिएको छ।'
गृह मन्त्री थापाले उपत्यका भित्र बढ्दै गएको अपराध नियन्त्रण गर्न निर्देशन समेत दिएका छन्। शान्ति सुरक्षा कायम राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न समेत गृह मन्त्रीले सुझाव दिएका थिए।
गृह मन्त्री थापाको करिव ४ घण्टा चलेको ब्रिफिङमा प्रहरी प्रमुख प्रकाश अर्यालले उपत्यका भित्रका तीन जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रमुख र काठमाडौं महानगरपालिका मेयर सहभागी थिए।