PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

लिस्ट ए मा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक



पहिलोपोस्ट

लिस्ट ए मा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक

काठमाडौं : दीपेन्द्र सिंह ऐरीले लिस्ट ए क्रिकेटमा नेपालको लागि दोस्रो अर्धशतक बनाएका छन्। क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा अलराउण्ड प्रदर्शन गर्दै पिएनजी विरुद्ध नेपाललाई ६ विकेटको जित दिलाउन नटबउट ५० रन प्रहार गर्दै उनले उक्त उपलब्धी हात पारे।

दीपेन्द्रले यसअघि गत वर्ष भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्या विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए। सिनियर टिममा खेलेको दोस्रो खेलमै उनले ६२ रन बनाएका थिए।

बिहीवार नेपाललाई जिताउन दीपेन्द्रले ४ विकेट लिनुका साथै ५० रन बनाए। उनले ५८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे। २३औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै दीपेन्द्रले नेपाललाई जित दिलाए। ६.५ ओभरमा ३५-३ को स्थितीमा रहेको नेपाललाई जित दिलाउन दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए।

बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले ४-२ ओभर बलिङ गर्दै १४ रन मात्र खर्चर ४ विकेट लिए।  

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा केन्या विरुद्धको पहिलो खेलमार्फत सिनियर टिममा डेब्यु गरेका दीपेन्द्रले नेपालको लागि १४ खेल खेल्दै २८६ रन प्रहार गरेका छन्। यस्तै बलिङमा ७ विकेट लिइसकेका छन्। कप्तान पारस खड्काले केन्या विरुद्ध नखेलेपछि चदथो नम्वरमा ब्याटिङ गरेका दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको प्रदर्शनलाई प्रशंसा गर्दै लाई त्यतिबेला प्रशिक्षक जगत टमाटा र कप्तान पारसले मिडल अडरमा नेपालको लागि नयाँ खेलाडी पाएको प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell