PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सिडिओको अनुमति



पहिलोपोस्ट

गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सिडिओको अनुमति

काठमाडौं : राजधानीको गौशालाबाट बुधवार राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके तथा नेता गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

हातहतियार तथा खरखजानामा प्रहरीले अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। सरकारी वकिल कसलाई राख्ने भन्ने तोकिएको छैन।

बुधवार राति प्रहरीले लामालाई गौशलाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको हो। जफत गरिएको पेस्तोल लामाले आफ्नो नभइ आफूलाई गोली हान्न आएको युवकबाट खोसेको दावी गरेका छन्। 

प्रहरीले तयार परेको मुचुल्कामा लामाले हस्ताक्षर गर्ने मानेका छैनन्। लामालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell