PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

तिलोत्तमा गोल्डकप : मनाङलाई पराजित गर्दै थ्री स्टार फाइनलमा, पुलिससँग उपाधि भिडन्त हुने



चन्द्रकान्त खनाल

तिलोत्तमा गोल्डकप : मनाङलाई पराजित गर्दै थ्री स्टार फाइनलमा, पुलिससँग उपाधि भिडन्त हुने

रुपन्देही : बुटवलमा भइरहेको २०औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र थ्री स्टार क्लब भिड्ने भएका छन्।

बिहीवार भएको अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै थ्री स्टारले पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो। यी २ टिमबीच चैत्र ३ गते शनिवार फाइनल खेल हुने छ।

बुटवलस्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा थ्रीस्टारका बुद्ध चेम्जोङ र निराजन खड्काले एक-एक गोल गरे। मनाङका लागि बिदेशी खेलाडी फ्लोरेन्टले एक गोल गरेका थिए।

खेलमा थ्री स्टारका बुद्ध चेम्जोङ म्यान अफ दी म्याच घोषित भए। उनले ११ हजार १ सय ११ नगद र ट्रफी प्राप्त गरे।

तीन विभागीय टोलीसहित १० टिम सहभागि प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell