PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नेपाल र नेदरल्याण्ड्सले सातौँ स्थानको लागि खेल्ने, हङकङ र पिएनजी ओडिआई स्ट्याटस गुमाउँदै डिभिजन टू मा घटुवा



पहिलोपोस्ट

नेपाल र नेदरल्याण्ड्सले सातौँ स्थानको लागि खेल्ने, हङकङ र पिएनजी ओडिआई स्ट्याटस गुमाउँदै डिभिजन टू मा घटुवा

काठमाडौं : नेपाल र नेदरल्याण्ड्सले क्रिकेट वर्ल्डकप क्वालिफायरको सातौँ स्थानको लागि प्लेअफ खेल्ने भएका छन्। नेपालले पपुअ न्यू गिनी तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै प्लेअफ भेट पक्का गरेका हुन्। साथै नेपालले २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस समेत पाएको छ।

नेपालले पिएनजीलाई ६ विकेटले पराजित गर्दा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेको हो।

पराजित हङकङ र पिएनजीले ओडिआई स्ट्याटस गुमाएको छ भने १० टिम सम्मिलित प्रतियोगिताको अन्तिम दुई स्थानमा रहदै डिभिजन टू मा घटुवा भएको छ।

यी दुईबीच नवौँ स्थानको लागि प्लेअफ म्याच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell