PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मन्त्रालयको संख्या थप गर्ने सरकारको तयारी



पहिलोपोस्ट

मन्त्रालयको संख्या थप गर्ने सरकारको तयारी

काठमाडौँः मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन्।

विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो। संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा मन्त्रिपरिषद विस्तारको तयारीमा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell