PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु



पहिलोपोस्ट

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु

म्याग्दीः म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।

दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell