PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रदेश ३ को बजेट चैत २० भित्र आउने



पहिलोपोस्ट

प्रदेश ३ को बजेट चैत २० भित्र आउने

हेटौँडाः प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ।
 
बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो प्रदेशको बजेट चैत २० गतेभित्र पेश गर्ने निर्णय गरेको हो। 

बैठकले सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ। 

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ। 

ती विधेयक संसद् सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले जानकारी दिए। 

प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell