
काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा उपाध्यक्षको पदका लागि शशिकला दाहाललाई अघि सारेको छ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले राष्ट्रयसभा उपाध्यक्षको लागि पार्टीले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिईन।
दाहाल प्रदेश २ बाट निर्वाचित भएकी हुन। राष्ट्रियसभा उपाध्यक्षको पदका लागि ४ गते निर्वाचन हुनेछ। राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन्।