PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

युरोपा लिग : आर्सनल र एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, एसी मिलान र डर्टमण्ड बाहिरियो



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल र एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, एसी मिलान र डर्टमण्ड बाहिरियो

आर्सनल, एट्लेटिको मड्रिड र लेइपजिग युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा एसी मिलान र बोरुसिया डर्टमण्ड भने बाहिरिएका छन्।

दोस्रो लेगमा एसी मिलानमाथि ३-१ को जित हात पारेको इंगलिस क्लब आर्सनल समग्रमा ५-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो। यस्तै लोकोमोतिभ मस्कोलाई दोस्रो लेगमा ५-१ ले पराजित गरेको एट्लेटिको समग्रमा ८-१ ले विजयी भयो।

जर्मन क्लब डर्टमण्ड भने अष्ट्रियन क्लब साल्जवर्गसँग २-१ ले पछि पर्‍यो। दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगकै नतिजा निर्णायक बनेको हो।

यसैगरी फ्रेन्च क्लब मार्सेले स्पानिस क्लब एथ्लेटिक विल्वाओलाई समग्रमा ५-२ ले पराजित गर्‍यो भने जर्मन क्लब लेइपजिगले रसियन क्लब डाइनामो किभलाई ३-२ ले तथा इटालियन क्लब लाजियोले युक्रेनी क्लब डाइनामो किभलाई ४-२ ले हरायो।

यस्तै पोर्चुगिज क्लब स्पोर्टिङले चेक क्लब भिक्टोरिया प्लेजनलाई समग्रमा ३-२ ले हरायो। उता लियोनसँग समग्रमा ३-३ को बराबरी नतिजा निकालेपनि अवे गोलको आधारमा सिएसकेए मस्को क्वाटरफाइनल प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell