काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले सरकार विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री अोलीले सरकार विस्तारसँगै अाजै सपथ गराउने गरी तयारी थालेका छन्।
अाजै अपरान्ह ४ बजे मन्त्रीहरुलाई शपथ ग्रहण गराउने गरी तयारी थाल्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलार्इ पत्राचार गरिसकेको छ।
आज अपरान्ह ४ बजे मन्त्रीको शपथका लागि अनौपचारीक रुपमा राष्ट्रपति कार्यलयलाई खबर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका सुचना प्रेषक रामशरण बजगाईका अनुसार राजनीतिक सहमति जुटाएर अाजै पुर्ण रुपमा मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ।
राजनीतिक सहमति जुटन नसके आंशिक रुपमा भए पनि आज मन्त्रीपरिषद्को बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री अोली रहेको उनले जानकारी दिए।
संघीय समाजवादी फोरम सहित आज मन्त्रिपरिषद् बिस्तार हुन लागेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। यता माअोवादी नेता देवन्द्र पौडेलका अनुसार अाजै सरकार विस्तारको लागि छलफल चलिरहेको छ।
'जतिसक्दो चाँडो सरकारलार्इ पूर्णता दिएर चुनाबमा जनतासँग गरिएका वाचाहरू पूरा गर्नुपर्ने छ,' पौडेलले पहिलो पोस्टसँग भने, 'अाजै सरकार विस्तारको तयारी भइरहेको छ।'