PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कालिजलार्इ ताकेको गोली भाइलार्इ लागेपछि.....



पहिलोपोस्ट

कालिजलार्इ ताकेको गोली भाइलार्इ लागेपछि.....

काठमाडौँ: ताप्लेजुङमा दाइले चलाएको गोली लागि भाइको मृत्यु भएको छ। 

ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका २ सिमलबोटे जंगलमा बिहीवार राति सुवास आङबोहाङले आफ्नै भाई दिवश आङबोहाङको गोली हानि हत्या गरेका हुन्।
 
बिहिवार राति दुई दाजुभाई र गाउँका अन्य दुई युवासँगै शिकार खेल्न जंगल गएका थिए। करिब ९ बजेतिर जंगल छिरेका उनीहरुले बिहान ३ बजेसम्म कुनै पनि शिकार भेटाएनन्। 

करिव ३ बजेतिर कालिज लुकेर बसेको सुभासले देखे। कालिज देखेपछि उनले आफुसँग भएको भरुवा बन्दुकबाट गोली प्रहार गरे। 

उनले प्रहार गरेको गोलीले निशाना कालिज नभइ उनकै भाइमाथि पर्‍यो। 

दिवशको गोली लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

डिएसपी कार्कीले भने'प्रारम्भिक अनुसन्धानमा कालिजलाई भनेर गोली हान्दा भाइलाई लागेर हत्या भएको देखिन्छ।' 
प्रहरीलेसँगै शिकार खेल्न गएका अन्य दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। 

उनीहरु समय समयमा घर नजिकै रहेको जंगलमा कालिजको शिकार गर्ने जाने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell