PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

उपसभामुखमा काँग्रेस नेतृ भुसालको नाम बहुमतले अस्वीकृत



पहिलोपोस्ट

उपसभामुखमा काँग्रेस नेतृ भुसालको नाम बहुमतले अस्वीकृत

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदका लागि नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। 

संसदको शुक्रबारको बैठकले मत विभाजनका आधारमा सो प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो। 

प्रस्तावको पक्षमा ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो। मत विभाजनमा २६२ सांसद उपस्थित थिए। 

संसदमा एमाले उम्मेदवार शिवमाया तुम्बाहाम्फेको मनोनयन सम्बन्धी प्रस्तावमा मतविभाजन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell