PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

युसिएल क्वाटरफाइनल ड्र : दुई इंगलिस क्लब भिड्ने, रियलको प्रतिद्वन्दी युभेन्ट्स, बार्सालाई सजिलो



पहिलोपोस्ट

युसिएल क्वाटरफाइनल ड्र : दुई इंगलिस क्लब भिड्ने, रियलको प्रतिद्वन्दी युभेन्ट्स, बार्सालाई सजिलो

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा दुई इंगलिस क्लब भिड्ने भएका छन्। क्वाटरफाइनल पुगेका ३ स्पानिस क्लबले भने एकआपसमा भेट टारेका छन्।

शुक्रवार गरिएको ड्र अनुसार इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल अन्तिम आठमै भिड्ने भएका हुन्।

यस्तै साविक विजेता रियल मड्रिडले इटालियन क्लब युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ भने बार्सिलोनाले अर्को इटालियन क्लब रोमासँग खेल्नेछ।

अर्को स्पानिस क्लब सेभियाले भने जर्मन क्लब वायर्न म्युनिखको सामना गर्नेछ।

क्वाटरफाइनल पहिलो लेगका खेलहरु अप्रिल ३ र ४ मा हुनेछ भने दोस्रो लेग अप्रिल १० र ११ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell