PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

युनिभर्सिटी क्रिकेट कप : कसमसलाई सुपर ओभरमा हराउँदै टीयू फाइनलमा, डिएभीसँग उपाधि भिडन्त



पहिलोपोस्ट

युनिभर्सिटी क्रिकेट कप : कसमसलाई सुपर ओभरमा हराउँदै टीयू फाइनलमा, डिएभीसँग उपाधि भिडन्त

काठमाडौं : दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप-२०१८ को उपाधिका लागि त्रिभुवन विश्वविद्यालय (टीयू) र डिएभी कलेजबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार भएको सेमिफाइनलमा टीयूले कसमस कलेजलाई सुपर ओभरमा ८ रनले हराउँदै फाइनलमा स्थान बनायो। यस्तै डिएभीले गोल्डेनगेट कलेजलाई ११ रनले पराजित गर्‍यो। टीयू र डिएभीबीच शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कसमसले ६ विकेटको गुमाएर १ सय ७० रन बनाएको थियो। कसमसका लागि अमित श्रेष्ठले ६० र सन्दीप जोराले नटआउट ५७ रन बनाए। बलिङमा टीयूका सागर ढकालले ३ तथा रुपेश श्रीवास्तवले २ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको टीयूले पनि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाएपछि खेलको नतिजा सुपर ओभरमा छिनोफानो भएङ्को हो। टीयूका लागि सुवास खकुरेलले ७६ र पृथु बाँस्कोटाले ३० रन बनाए।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको टीयूले १८ रन बनायो। उँदाटीयूका लागि सोनु तामाङले ११ तथा सुवासले ७ रन बनाए। कसमसका लागि सन्दीप जोरा र कुशल भुर्तेलको जोडीले १० रन मात्र जोड्न सक्यो। खकुरेल खेलको म्यान अफ दि म्याच भए।

दवस्रो सेमिफाइनलमा आदिल खानले अलराउण्ड प्रदर्शन गरेपछि डिएभीले १२० रन डिफेण्ड गर्दै गोल्डेनगेटलाज्ञ ११ रन ले हरायो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२० बनायो। डिएभीका लागि अदिल खानले २७ र सुमित महर्जनले २२ रन बनाए। बलिङतर्फ गोल्डेनगेटका सन्तोष भट्टले ३ र रसिद खानले २ विकेट लिए।

१२१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। गोल्डेनगेटका लागि नरेश बुढाएरले ३७ र भुपेन्द्र थापाले २७ रन जोडेपनि जितका लागि पर्याप्त भएन। गोल्डेनगेटलाई जितबाट रोक्न डिएभीका अदिल खानले ३ विकेट लिए। अलराउण्ड प्रदर्शन गरेका आदिल खेलको म्यान अफ दि म्याच भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell