PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

'फेमेली टाइम विथ कपिल शर्मा' कस्तो होला? थाहा पाउनुस् यसका विशेषता



पहिलोपोस्ट

'फेमेली टाइम विथ कपिल शर्मा' कस्तो होला? थाहा पाउनुस् यसका विशेषता

कमेडियन कपिल शर्मा 'फेमेली टाइम विथ कपिल शर्मा' सहित सानो पर्दामा फेरि फर्किँदैछन्। विभिन्न विवाद र घट्दो टिआरपीबाट केही समय विश्राम लिएका शर्माको नयाँ सो अन्तिम चरणमा पुगेको छ।

त्यसो त कपिल शर्माको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै कार्यक्रम रोकिएको सोनी इन्टरटेनमेन्ट टेलिभिजनले जनाउँदै आएको छ। कपिल शर्मा र अर्का हास्य कलाकार सुनिल ग्रोभरबीच मदिराको सुरुमा विमानमा झगडा भएको केही महिनापछि नै उनको 'दी कपिल शर्मा सो' बन्द भएको थियो। बन्द हुनुअघि नै सो बाट सुनिल बाहिरिएका थिए।
 
नयाँ सोको प्रोमो अहिले टेलिभिजनमा देखिन थालिसकेको छ जसमा उनी सबैलाई हसाउँन तयार भएको जनाइएको छ। र, सन् २०१७ मा शर्माको जीवनमा भएका घटनालाई व्यङ्ग्य गरिएको छ। फेमेली टाइम विथ कपिल शर्माबारे केही तथ्य :

१. कपिलका पुराना सहकर्मीहरु किकु शारदा र चन्दन प्रभाकर यो सोबाट उनको टिममा फर्किएका छन्। यी दुवैले पालैपालो कपिल शर्माको सो छाडेका थिए।

२. यस सो मा कपिल शर्मा एक्लो सञ्चालक हुने छैनन्। उनीसँगै को-होस्टका रुपमा नेहा पेन्डसे पनि हुनेछिन्। सधैं सोलो सो गर्ने कपिल पहिलो पटक साथीसहित हुनेछन्।

३. नवजीत सिंह सिद्धु पनि कपिल शर्मासँगै हुने सम्भावना बढेको छ। सोको फर्म्याट कपिल शर्मा सोकै हुने भएकाले उनी सँगै देखिनेछन्।

४. अजय देवगान यस सोको पहिलो सेलिब्रिटी गेस्ट हुनेछन्। अजय देवगानको सो कपिलले रद्द गरेको चर्चा यसअघि हुने गरेको थियो, त्यसैलाई चिर्दै अजय पहिलो सो मै देखिनेछन्। सो को प्रोमोमा यसै विषयलाई व्यङ्ग्यात्मक हिसाबले देखाइएको छ।

५. सोसल मिडियामा गरिएको प्रवद्धनलाई मान्ने हो भने कपिल शर्मा भव्य रुपमा सो मा आउने छन्। उनले आरडी बर्मनको चर्चित गीत याम्मा याम्मा.. गाउनेछन्।

६. फेमेली टाइम विथ कपिल शर्मा गेम सो जस्तै हुनेछ जसमा सहभागीले पुरस्कारसमेत पाउनेछन्।

७. कपिल शर्मा सोमा उनकी पत्नीको भूमिकामा रहेकी सुमोना पनि महत्वपूर्ण भूमिका सहित नयाँ सो मा आउने छिन्। उनको भूमिका अहिलेसम्म गोप्य नै राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell