PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कुकुरको सहयोगमा हराएकी किशोरीको शव फेला



पहिलोपोस्ट

कुकुरको सहयोगमा हराएकी किशोरीको शव फेला

काठमाडौं : एक सातादेखि हराएकी १५ वर्षीया किशोरीको शव पर्सा राष्ट्रिय निकुञ्जको बीच जंगलमा गाडिएको अवस्थामा भेटिएको छ। 

जिराभावनी गाउँपालिका १, गम्हरियाका ५० वर्षीय बुधन धाँगडकी छोरी निदुवा धाँगडको शव प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डाक्टर दीपक रेग्मीले बताए। एसपी रेग्मीले भने, 'कुकुरको सहयोगमा शव गाडिएको अवस्थामा फेला परेको हो। घटनाको थप अनुसन्धान भइरहेको छ।'

फागुन २२ गते उनी साथीहरु सहित दाउरा खोज्न भन्दै जंगल गएकी थिइन्। दाउरा लिएर साथीहरु फर्किए पनि उनी भने बेपत्ता थिइन्। 
उनको रहस्यमय मृत्यु भएको ठम्याउँदै घटनाको अनुसन्धानको लागि पाँच जनालाई पक्राउ गरेको एसपी रेग्मीले बताए। शवलाई पोस्टमार्टमका लागि नारायणी उप-क्षेत्रीय अस्पताल, वीरगञ्ज लगिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell