काठमाडौं : त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ को पुरुष एकलकव उपाधि जितेका छन्।
शुक्रबार सम्पन्न पुरुष एकलको फाइनल खेलमा रत्नजीत तामाङले एपीएफका दिपेश धामीलाई २२–२०, २१–११ ले पराजित गरी उपाधि हात पारेका हुन्।
व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए।
पुरुष एकल च्याम्पियन रत्नजीतले ६० हजार, दोस्रो भएका नवीनले ३० हजार रुपैयाँ प्राप्त गरे।
तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकल च्याम्पियनले ५० हजार, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्।
पुरुष युगलमा च्याम्पियन हुनेले ६० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाए। यसैगरी महिला युगलतर्फ पहिलो हुनेले ४० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रोले २० हजार प्राप्त गरे।
लनटेनिसमा प्रनभ र मायंका च्याम्पियन
शुक्रवारै सम्पन्न लनटेनिस प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि जितेन्द्र परियार महिला एकलकव उपाधि मायंका राणाले जितेका छन्। पुरुष एकलको फाइनलमा त्रिभुवन आर्मी क्लवका प्रनभ खनालले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६, ६–० ले पराजित गरी उपाधि जितेका हुन्।
यसैगरी महिला एकलतर्फको फाइनलमा नेपाल पुलिस क्लवका मायंका राणाले सोही क्लबका माहिका राणालाई ६–४, ३–६, ६–३ ले पराजित गरीन्।
पुरुष एकलमा च्याम्पियन हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकलमा च्याम्पियन हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पारे।
पुरुष र महिला दुवैतर्फ युगलमा च्याम्पियनले ४० हजार तथा दोस्रो र तेस्रोले समान २० हजार रुपैयाँ प्राप्त गरे।
लनटेनिस प्रतियोगितामा समावेश दश वटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुको सहभागिता रहेको थियो।