PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

उपराष्ट्रपतिमा पासाङको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेद्वारी नदिने!



पहिलोपोस्ट

उपराष्ट्रपतिमा पासाङको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेद्वारी नदिने!

काठमाडौं: उपराष्ट्रपतिका लागि बहालवाला उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसदको भवन पुगेर उनले उम्मेदवारी दिएका हुन्।

पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ रहेका छन्।


कांग्रेसले उम्मेद्वार तय गरेन
नेपाली कांग्रेसमा उपराष्ट्रपतिमा उम्मेदवारी दिनेबारे अन्योल देखिएको छ। राष्ट्रपति र उपसभामुखमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपति चयनका लागि कुनै बैठक नडाकेकाले पनि उम्मेदवारी हुने नहुनेबारे कांग्रेस अन्योलमा रहेको एक नेताले बताए।

उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ।निर्वाचन ९ गते हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell