PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्डले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने



पहिलोपोस्ट

वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्डले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअंफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।

क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ४ खेल भएको थियो। जसमा दुवैले २-२ खेल जितेका थिए।

नेपालले पिएनजीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौँ स्थानको प्लेअफका लागि स्थान बनाएका थिए।

यस्तै बजै नवौँ स्थानको लागि पिएनजी र हङकङबीच पनि खेल हुँदैछ। पिएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

यी चार टोलीका लागि जिम्बावेमा आजको खेल नै अन्तिम हुनेछ।

सुपर सिक्समा पुगेका स्कटल्याण्ड र युएईसँगै नेपालले पनि क्वालिफायरबाट वान डे इन्टरनेशनल स्ट्याटस पाएको छ। पिएनजी र हङकङले भने वान डे इन्टरनेशनल स्ट्याटस गुमाउँदै डिभिजन टू मा झरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell