PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौं प्रहरी प्रमुख पोखरेलले भने:  अब भनसुनबाट काम हुँदैन 



पहिलोपोस्ट

काठमाडौं प्रहरी प्रमुख पोखरेलले भने:  अब भनसुनबाट काम हुँदैन 

काठमाडौं:  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले आफु र आफ्नो मातहतको प्रहरी नातावाद र कृपावादमा नचल्ने बताएका छन्।

शनिबार काठमाडौंको चाबहिलस्थित गंगाहिटीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा एसएपी पोखरेलले प्रहरी सेवामा सबै नागरिक समान भएकाले आफन्त, नातावाद र भनसुनका आधारमा कुनै पनि काम नहुने बताएका हुन्। एसएसपी पोखरेलले भने, 'म सेवा रहुन्जेल जोगी जस्तै हुँ। कसैले पनि मलाई चिनेको छु भन्दै अनौतिक क्रियाकलाप गरेकोमा फलानोलाई छुटाउनु मुद्दा मिलाउन छ भन्दै दवाव दिन नआउनुहोस्।'

प्रहरीले श्रीमान तथा श्रीमतीको समस्या विवाद बाहेक अन्य कुनै पनि मुद्दा मौखिक रुपमा नमिलाउने र कसैले मिलाएको जानकारी भए तत्काल खवर गर्ने आग्रह समेत गरेका थिए। काठमाडौंलाई सुरक्षित बनाउन आफ्नो कार्यकालमा गुन्डागर्दी, चन्दा आतंक, ठगी लगायत अपराधहरु नियन्त्रण गर्ने कुनै पनि कसुर बाँकी नछोड्ने दावी गरेका छन्।

'म थाक्दिन, झुक्दिन र भाग्दिन। 'कसैको दवाव आयो भन्दैमा अपराधीले उन्मुक्ति पाउदैन। राम्रो काम गर्दा सहयोग गर्ने कम नै हुन्छन् तर म दवाव झेलेर काम गर्छु,' एसएसपी पोखरेलले भने। कार्यक्रममा सहभागी वक्ताहरुले प्रहरीले नागरिकलाई गर्नै पर्ने व्यवहारमा परिवर्तन गर्नेपर्ने, घुसखोरीको अन्त्य हुनु पर्ने लगायतका सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell