PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

सार्वजनिक रूपमा सपथ लिने पहिलो चिनियाँ राष्ट्रपति बने सी



पहिलोपोस्ट

सार्वजनिक रूपमा सपथ लिने पहिलो चिनियाँ राष्ट्रपति बने सी
Photo: Xinuha

वेइजिङः 'म संविधानले प्रदत्त अधिकार र कानुनी दायित्वहरू पूरा गर्दै जनगणतन्त्र चीन (पीअारसी)को संविधानको रक्षा गर्न पूर्ण प्रतिवद्ध छु.....'

शनिबार मात्र चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै सी जिङ पिङले सार्वजनिक रूपमा सपथ लिए। जनगणतन्त्र चीनको संविधान रक्षाका लागि उनले विधिवत रूपमा सपथ लिए।

चीनको इतिहासमा सार्वजनिक रूपमा संविधानको रक्षाका लागि कुनै राष्ट्रपतिले कार्यभार समाल्नु अगाडि सपथ लिएको पहिलो घटना भएको सिन्ह्वाले जनाएको छ। 

शनिबार सी राष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले ग्रेटहल अफ पिपलमा अायोजित समारोहमा उनले सपथ लिएका हुन्।

हलमा सहभागिहरूले राष्ट्रिय गान गाए, सबैसँगै सीले पनि गाए। अगाडि राखिएको पोडियममा संविधान थियो। बाँया हात संविधानमा राखे, दायाँ हातले मुठ्ठी कसे र सपथ लिए, '... म देश र जनता प्रति वफादार छु मेरो दायित्वप्रति प्रतिवद्ध र पूर्ण वफादार रहि जनताको पर्यवेक्षणलार्इ स्वीकार गर्छु र समृद्ध, मजबुत लोकतान्त्रिक, सांस्कृतिक रूपमा समुन्नत, सामञ्जस्य र सुन्दर अाधुनिक सामाजवादी देश निर्माणका लागि काम गर्ने छु।' 

चीनको जनकंग्रेसको बैठकले संविधानमा सपथ ग्रहण सम्बन्धि व्यवस्था थपेको ६ दिन पछि सीले सपथ लिएका हुन्। 

संशोधनमा सी जिङपिङको नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादी विचारधारलार्इ समेत समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell