PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्ड्सले दियो नेपाललाई १९० रनको लक्ष्य, सोमपालको ४ विकेट



पहिलोपोस्ट

वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्ड्सले दियो नेपाललाई १९० रनको लक्ष्य, सोमपालको ४ विकेट

काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ।

नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ। क्वेक्वेमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९  रन बनाएको हो।

सोमपाल कामीले डच टोलीका सुरुवाती ३ विकेट लिदै दबाबमा राखेका थिए। उनले ओपनर वेस्ले वारेसी र तेस्रो क्रममा ब्याटिङ गरेका बेन कुपरलाई शुन्यमा आरिफ शेखबाट क्याचआउट गराए भने ७ रन बनाएका कप्तान टर बोरेनलाई ७ रनमा सन्दीप द्वारा क्याचआउट गराए। अर्का ओपनर म्याक्स ओडोडलाई सन्दीपले १४औँ ओभरमा आउट गर्दा डच ४८-४ को स्थीतिमा पुगेको थियो। पाँचौ विकेटका लागि भान डेर मर्वे र लिडले ३९ रनको साझेदारी गरे। यस्तै लिडले छैटौँ विकेटका लागि स्कट एडवार्ड्ससँग ४१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

नेदरल्याण्ड्सका लागि बास डे लिडले सर्वाधिक ३९ रन बनाए भने म्याक्स ओ’डोडले २८ रन जोडे। यस्तै राफेल भान डेर मर्वे र स्कट एडवार्डसले २५-२५ रनको योगदान गरे। पिटर सिलरले २३ रन जोडे। शेन स्नाटरले नटआउट २३ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए। सोमपालले १० ओभर बलिङ गर्दा २ मेडन राख्दै २४ रन मात्र खर्चे। सोमपाल लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर समेत बनेका छन्।

सन्दीप र ललितले १० ओभरमा समान १ मेडन राखे। सन्दीपले ४१ तथा ललितले ३८ रन खर्चे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell