काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टीयू) बी टिमले दोस्रो युनिभर्सिटी क्रिकेट कप-२०१८ को उपाधि जितेको छ।
रविन जोशी र इशान पाण्डेले अर्धशतक बनाएपछि डिएभी कलेजलाई ८ विकेटले पराजित गर्दै टीयूले उपाधि जितेको हो।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४१ रन बनाए। डिएभीका लागि ओपनर सुधिर चौधरीले सर्वाधिक ६४ रन बनाए। यस्तै सन्तोष पौडेलले ३५ रन जोडे। बलिङमा टीयू का इशान पाण्डे, सागर ढकाल र रुपेश श्रीवास्तवले १-१ विकेट लिए।
१४२ रनको लक्ष्य टीयूले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। टीयूका लागि ओपनरद्वय रविन र इशानले अर्धशतक बनाए। रविनले सर्वाधिक ७१ रन बनाउने क्रममा ५४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। ५१ बल खेलेका इशानले ८ चौकाको मद्दतमा ५१ रन नै जोडे। सुवास खकुरेल ७ रनमा नटआउट रहे। बलिङमा नन्दन यादव र दीलिप यादवले २-२ विकेट लिए।
च्याम्पियन टीयूले नगद २ लाख तथा उपविजेता डिएभीले १ लाख ट्रफी र मेडल हात पारे।
टीयूलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका इशान पाण्डे प्लेअर अफ दी सिरिज घोषित भए। इशानले २५ हजार प्राप्त गरे।
यसैगरी फाइनलमा नेखेलेपनि डिएभीका आदिल खान उत्कृष्ट ब्याट्सम्यान तथा टीयूका सागर ढकाल उत्कृष्ट बलर घोषित भए। महेश खत्री इमर्जिङ खेलाडी चुनिए।
व्यक्तिगत उत्कृष्ट ३ खेलाडीले नगद १० हजार हात पारे।