PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

'डन' शाह १५ लाख फिरौती माग्दै गर्दा पक्राउ



सविन ढकाल

'डन' शाह १५ लाख फिरौती माग्दै गर्दा पक्राउ

काठमाडौं: प्रहरीले स्थानीय व्यपारीसँग फिरौती रकम मागेर आतंक फैलाउने एकलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुर महालक्ष्मीस्थान बस्ने ३० वर्षीय सुरज शाहलाई पक्राउ गरेको हो।

शाहले कोटेश्वरको नरेफाँट ३२ बस्ने भिष्मप्रताप भण्डारीसँग १५ लाख रुपैयाँ मागेको र नदिए हत्या गर्ने धम्की दिएको परिसरका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

'फिरौतीको रकम लिन आउँदा पक्राउ गरेका हौं,' एसएसपी पोखरेलले भने। पक्राउ परेका शाहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका शाह डन रहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell