PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गणेश लामाको पक्षमा बनेपामा कांग्रेसको जुलुस, झडप हुँदा प्रहरीद्वारा अश्रुग्यास प्रहार 



पहिलोपोस्ट

गणेश लामाको पक्षमा बनेपामा कांग्रेसको जुलुस, झडप हुँदा प्रहरीद्वारा अश्रुग्यास प्रहार 
फोटो सौजन्य : अक्षय लामा

काठमाडौं: काभ्रेको बनेपामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। साँझ छ बजे बनेपामा केही दिनअघि हतियार सहित पक्राउ परेका कांग्रेस नेता गणेश लामालाई रिहा गर्ने माग गर्दै निकालेको मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा दुईपक्षबीच झडप भएको हो। 

मसाल जुलुस नियन्त्रण गर्ने खोज्दा प्रहरी माथि जुलसमा सहभागीले ढुङगामुढा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए। 

प्रहरीले स्थिति नियन्त्रण लिन दुई राउन्ड अश्रु ग्याससमेत प्रहार गरेको छ। बुधवार काठमाडौंको गौशालाबाट एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका लामालाई रिहाको माग गर्दै कांग्रेस  काभ्रेले आन्दोलनको नेतृत्व गरेको हो। 

 

सम्बन्धित समाचार :
देउवाकै निर्देशनमा गणेश लामा छुटाउन आन्दोलन गर्दैछौँ : जिल्ला सभापति मधु आचार्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell