PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

बास्केटबल लिग : लगातार १० खेल जितेपछि त्रिभुवन आर्मी प्लेअफमा



पहिलोपोस्ट

बास्केटबल लिग : लगातार १० खेल जितेपछि त्रिभुवन आर्मी प्लेअफमा
फोटो : आर्को नेटवर्क

काठमाडौं : लगातार १० खेल जित्दै त्रिभुवन आर्मी क्लबले क्वीक्स होम एण्ड अवे बास्केटबल लिग (केबिएल) को प्लेअफमा स्थान बनाएको छ।

शनिवार घरेलु कोर्ट भद्रकालीमा भएको खेलमा कीर्तिपुर बास्केटबल टिमलाई ८४-६१ ले पराजित गर्दै आर्मीले ४ खेल अघि नै प्लेअफमा स्थान पक्का गरेको हो।

आर्मीले पहिलो क्वाटर १८-१२ र दोस्रो क्वाटर १९-१२ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो क्वाटरमा १८-१९ ले गुमाएको आर्मीले चौथो क्वाटर २९-१८ ले आफ्नो पक्षमा पार्दै सहजै जित हात पार्‍यो। आर्मीको जितमा सदिश प्रधानले सर्वाधिक २९ अंक स्कोर गरे। यस्तै २३ अंक स्कोर गरेका रविन खत्री बेस्ट प्लेअर भए।

अब आर्मीले बाँकी ४ वटै खेल हारेपनि गोल्८नगेट इन्टरनेशनल कलेज र बिशाल मिलन केन्द्रबाहेक अन्य टिमले पछि पार्न सक्नेछैन।

गोल्डेनगेट र बिशाल मिलन केन्द्र दुवैको २४ अंक छ। गोल्डेनगेटले १२ खेल खेलेको छ भने बिशाल मिलन केन्द्रले १० खेल खेलेको छ। शनिवारै भएको खेलमा बुढानिलकण्ठ मुनिसिपालिटीलाई ८९-५२ ले पराजित गर्दै गोल्डेनगेट दोस्रो स्थानमा उक्लेको हो। गोल्डेनगेटले १९-९, ३३-७, १८-१५, १९-२१ ले आफ्नो पक्षमा पारेको हो।

गोल्डेनगेटका लागि विनोद श्रेष्ठले सर्वाधिक २८ तथा राजिव जोशीले १७ अंक स्कोर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell