PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दीपक मनाङेविरुद्ध रेडकर्नर नोटिस जारी, १९२ देशका प्रहरीको खोजी सूचीमा



सविन ढकाल

दीपक मनाङेविरुद्ध रेडकर्नर नोटिस जारी, १९२ देशका प्रहरीको खोजी सूचीमा

काठमाडौंः प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित 'फरार माननीय' राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए। 

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन्। उनले सांसदको शपथसमेत लिएका छैनन्। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै  २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। 

मनाङेलाई अब इन्टरपोलमा १९२ देशका प्रहरीले खोजी गर्नेछन्। फरार रहेका मनाङे भारतमा लुकेर बसेको दाबी प्रहरीको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell