PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गोपाल पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा



पहिलोपोस्ट

गोपाल पराजुलीविरुद्धको अपहेलना मुद्दा कामु प्रधानन्यायाधीश जोशीको इजलासमा

काठमाडौँः निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अदालतको अपहेलना मुद्दा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासमा पेशी ताकिएको छ। पराजुलीविरुद्ध मनोजकुमार अधिकारीले फागुन २५ गते मुद्दा दायर गरेका थिए। 

पराजुलीले गरेका कार्यसम्पादनले अदालतको अपहेलना भएको निवेदकको दाबी छ। अधिकारीले डा. गोविन्द केसीलाई आफूविरुद्धको मुद्दा मिलाउन दबाब दिएको, उनको कानुन व्यवसायीलाई मार्ने धम्की दिएको भन्दै मुद्दा पेश गरेका थिए। 

मुद्दा सर्वोच्च प्रशासनले सुरुमा दरपीठ गरेको थियो। तर, इजलासको आदेशपछि दर्ता अनुमति पाएको थियो। दर्तापछि चैत २ र ४ गते तारेख तोकिए पनि आइतबारका लागि सुनुवाइको पेशी तोकिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell