PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा

प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शनिवार भएको क्वाटरफाइनलमा युनाइटेडले ब्राइटन एण्ड होभ अल्विओनलाई २-० ले हरायो। युनाइटेडका लागि रोमेलु लुकाकु र नेमान्जा माटिकले एक-एक गोल गरे।

यस्तै अर्को क्वाटरफाइनल खेलमा टोटनहमले स्वान्सी सिटीलाई ३-० ले हरायो। टोटनहमका लागि क्रिस्टियन एरिक्सनले दुई गोल गरे भने एरिक लामेलाले एक गोल गरे।

अब बाँकी क्वाटरफाइनलमा चेल्सीले लेस्टर तथा साउथह्याम्पटनले विगान एथ्लेटिकसँग प्रतिस्पर्धा गर्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell