PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रधान न्यायाधीश पराजुलीले गरेका फैसला छानविनमा ल्याउन डाक्टर गोविन्द केसीको माग, अनशन स्थगित



पहिलोपोस्ट

प्रधान न्यायाधीश पराजुलीले गरेका फैसला छानविनमा ल्याउन डाक्टर गोविन्द केसीको माग, अनशन स्थगित
फाइल फोटो

काठमाडौं : डा गोविन्द केसीले अनशन कार्यक्रम स्थगित गरेका छन्। सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त/राजीनामासँगै आइतबारदेखि सुरु गर्ने भनिएको अनशन स्थगित भएको हो।

प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आफ्ना माग यथावत रहेको बताउँदै प्रधान न्यायाधीश पराजुलीको सबै फैसला र क्रियाकलापलाई छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै त्यसको सिफारिस बमोजिम विभिन्न निकायका दोषी पदाधिकारीलाई कारबाही गर्न डा केसीले सरकारको ध्यानकर्षण गराएका हुन्।

डा केसीले प्रधान न्यायाधीश पराजुलीले राजीनामा दिनुपर्ने माग राखी अनशन बसेपछि उनलाई पक्राउ गरिएको थियो। अदालतको अवहेलना मुद्दा खेपिरहेका डा केसीले विमान दुर्घटना भएसँगै अनशन स्थगित गरेका थिए। 

उनले चैत महिनाभित्र चिकित्सा शिक्षा अध्यादेशलाई चिकित्सा शिक्षा ऐनमा बदल्न सरकार र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको ध्यानकर्षण गराएका छन्। तोकिएको समयभित्र जारी नगरे अनशन लगायतका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell