PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कांग्रेस नेता खड्का चढेको जिप दुर्घटना



पहिलोपोस्ट

कांग्रेस नेता खड्का चढेको जिप दुर्घटना
फोटो: खड्काको फेसबुकबाट

काठमाडौं: पूर्व गृहमन्त्री तथा कांग्रेस नेता पूर्णबहादुर खड्का चढेको जिप सूर्खेतमा दुर्घटना भएको छ। 

सूर्खेतको सत्तरी भन्ने स्थानमा नेता खड्का चढेको  बा १५ च ८३५४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमा चतुर्वेदीले जानकारी दिए। 

दुर्घटनामा परी नेता खड्काको टाउकोमा सामान्य चोट लागेको र वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केको उनले जनाए। दुर्घटनामा खड्काका अंगरक्षकको टाउकोमा चोट लागेको छ।

नेता खड्का चढेको गाडीको स्टेरिङ लक भएर अन्यन्त्रित भई भित्तामा ठोकिएको एसपी चतुर्वेदीले बताए। नेता खड्का राजनीतिक भेटघाटको लागि सुर्खेत पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell