PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ओडिआई स्ट्याटस पाएको नेपाली क्रिकेट टोली सोमवार बेलुका आइपुग्ने



पहिलोपोस्ट

ओडिआई स्ट्याटस पाएको नेपाली क्रिकेट टोली सोमवार बेलुका आइपुग्ने

काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ काठमाडौं आइपुग्ने भएको छ।

नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली स्थानिय समयअनुसार आइतवार बेलुका ७ बजे जिम्बावेबाट हिँड्नेछ।

नेपाली टोली सोमवार साँझ ५:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेनछ।

जिम्बावेमा सहभागि ११० टिमध्ये आठौँ भएको नेपालले पहिलो पटक ओडिआई स्ट्याटस हात पारेको हो। एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहन सफल भएपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलो पटक ऐतिहासिक सफलता हात पारेको हो।

समूह चरणमा शीर्ष स्थान रहन नसकेपछि नेपालले क्रस प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गरेको थियो भने सातौँ स्थानको प्लेअफमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

एसोसिएट राष्ट्रको रुपमा जिम्बावे पुगेको नेपाली क्रिकेट टोली घर फर्कदा ओडिआई नेशनको स्ट्याटससहित फर्किँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell