PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रुसी राष्ट्रपति पुटिन भारी मतान्तरसहित चौथो कार्यकालका लागि निर्वाचित



पहिलोपोस्ट

रुसी राष्ट्रपति पुटिन भारी मतान्तरसहित चौथो कार्यकालका लागि निर्वाचित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। भारी मतान्तरसहित पुटिन आउँदो ६ वर्षका लागि निर्वाचित भएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले मतगणना करिव अन्तिम चरणमा पुग्दा पुटिनलाई ७६ प्रतिशत मत प्राप्त भएको जनाएको छ। उनी १९९९ देखि रुसको सत्ता सम्हाल्दै आएका छन्। अघिल्लो कार्यकालको भन्दा उनले १२ प्रतिशत मत बढाएका हुन्। 

पुटिनका निकटतम प्रतिस्पर्धी पावेल गुरुदिनीनले १२ प्रतिशत मत प्राप्त गरे। राष्ट्रपतिको दौडमा सात जना थिए। 

चुनावमा विपक्षी दलका नेतालाई एलेक्साई नवालनीलाई भने उम्मेदवारी दिन नै प्रतिवन्ध लगाइएको थियो। 

निर्वाचित भएपछि मस्कोमा आयोजित विजय सभालाई सम्वोधन गर्दै पुटिनले आफ्ना केही वर्षदेखिका कामलाई जनताले अनुमोदन गरेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell