PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ला लिगा : रियलको जितमा रोनाल्डोको ४ गोल, करियरको ५०औँ ह्याट्रिक



पहिलोपोस्ट

ला लिगा : रियलको जितमा रोनाल्डोको ४ गोल, करियरको ५०औँ ह्याट्रिक

क्रिस्टियानो रोनाल्डोले करियरको ५०औँ ह्याट्रिक गर्दै चार गोल गरेपछि रियल मड्रिडले ला लिगामा गिरोनालाई ६-३ ले पराजित गरेको छ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रोनाल्डोले ११औँ ४७औँ ६४औँ र ९०औँ मिनेटमा गोल गरे। गारेथ बेल र लुकास भ्वजकजले एक एक गोल थपे। गिरोनाका लागि क्रिस्टियन स्तुअनीले २ तथा जुअनपीले १ गोल गरे।

गत जनवरीदेखि फर्ममा फर्कदै गोल गर्न थालेका रोनाल्डोले पछिल्लो ११ खेलमा रियलका लागि २१ गोल गरिसकेका छन्। रोनाल्डोले पछिल्लो ६ लिग खेलमा १४ गोल गरिसकेका छन्। ला लिगामा उनको गोलसंख्या २२ पुगेको छ र सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लेका छन्। बार्सिलोनाका लियोनल मेसीले २५ गोल गरेका छन्। 

जितपछि २० खेलबाट ६० अंक जोडेको रियल भ्यालेन्सियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १५ अंकले पछि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell