PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सनराइज बैंकको धरान शाखामा चोरी



पहिलोपोस्ट

सनराइज बैंकको धरान शाखामा चोरी

काठमाडौंः सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा आइतबार राति चोरी भएको छ। बैंक चोरी भएको थाहा पाएपछि कार्यरत सक्युरिटी गार्डले प्रहरीलाई खबर गरेका थिए।

बैंकको ताला फोडेर चोरी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केदारमान डंगोलले बताए।

निरीक्षक डंगोलले भने 'ताला र सीसी क्यामेरा तोडफोड गरेको देखियो। थप अनुसन्धान भइरहेको छ।'

बैकबाट के कति धनमाल चोरी भएको भन्ने अनुसन्धान भइरहेको निरीक्षक डंगोलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell