PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

साइलेन्सर फेेरेर चर्को आवाज निकाल्ने रोयल इनफिल्डको बुलेट बाइक प्रहरी नियन्त्रणमा



रासस

साइलेन्सर फेेरेर चर्को आवाज निकाल्ने रोयल इनफिल्डको बुलेट बाइक प्रहरी नियन्त्रणमा
फाइल फोटो

काठमाडौँ : ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने १ सय १० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने १ सय १० वटा रोयल इनफिल्डको बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको हो। 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए। “ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ”, उनले भने। 

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ। महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई रु पाँच हजार जरिवाना गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell