PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

भाइबर र इमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्वारा ९ जना पक्राउ



नरहरि पौड्याल

भाइबर र इमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्वारा ९ जना पक्राउ

पोखरा : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।

सर्वसाधारणबाट योजनावद्ध रुपमा चिठ्ठा परेको भन्दै प्रलोभनमा पारी संगठितरुपमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले विभिन्न घटनामा संलग्न ९ जनालाई सार्वजनिक गरेको हो।

ठगी अभियोगमा पक्राउ पर्नेमा पाल्पा निस्दीका २६ वर्षीय यामबहादुर मगर, धादिङ नेत्रावती गाउँपालिकाका २८ वर्षीय ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, १९ वर्षीय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ वर्षीय टेकबहादुर तामाङ, २५ वर्षीय जेनिस तामाङ, महोत्तरी जलेश्वर नगरपालिकाका २४ वर्षीया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ वर्षीया कामनी तिवारी र ४५ वर्षीय योगेन्द्र तिवारी छन्।

उनीहरुले पटक-पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भइसकेको सिंहले बताए। उनीहरुले मनी ट्रान्सफर मार्फत् पैसा पठाउन लगाएर ठगी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell