PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

परराष्ट्रमन्त्री ज्ञवालीलार्इ सुस्माको टेलिफोन, वाङको बधार्इ सन्देश



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवालीलार्इ सुस्माको टेलिफोन, वाङको बधार्इ सन्देश

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलार्इ छिमकेकी राष्ट्रका समकक्षीहरूले बधार्इ दिएका छन्। 

परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा ज्ञवालीलार्इ भारतीय विदेशमन्त्री सुस्मा स्वराजले टेलिफोन गरि बधार्इ दिएकी हुन्। 

टेलिफोन कुराकानीका क्रममा स्वराजले परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा बधार्इ दिँदै दुर्इ देशबीचको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरेको ज्ञवालीले जानकारी दिए। 

कुराकानीका क्रममा दुबै समकक्षीले नेपाल भारतबीच द्वीपक्षीय सम्बन्ध थप बजबुद बनाउने विषयमा कुरा भएको उनले जानकारी दिए। 

टेलिफोन वार्ताका क्रममा स्वराजले ज्ञवालीलार्इ भारत भ्रमणको निम्तो समेत दिएको भारतीय दुतावासले जनाएको छ। 

यसैबीच परराष्ट्र मन्त्री ज्ञवालीलार्इ चिनियाँ विदेशमन्त्री वाङ यीले बधार्इ सन्देश पठाएका छन्। 

चिनियाँ विदेशमन्त्री यीले दुर्इ देशको साझा फाइदाका लागि मिलेर काम गर्न चाहेको बताएका छन्। उनले अागामी दिनमा दुर्इ देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। 

त्यस्तै मालदिभ्सका परराष्ट्र मन्त्री मोहम्मद असिमले असिम परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा बधार्इ दिँदै ज्ञवालीको कार्यकालमा दुर्इ देशबीचको सम्बन्ध थप उचार्इमा पुग्ने विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell