PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

उप-राष्ट्रपतिमा पुनको आज ४ बजे सपथ



पहिलोपोस्ट

उप-राष्ट्रपतिमा पुनको आज ४ बजे सपथ

काठमाडौं : उप-राष्ट्रपति नन्दबहादुर पुनले आज ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन्। सपथसँगै उप-राष्ट्रपतिमा उनको दोस्रो कार्यकाल आजबाट  सुरु हुनेछ। 

राष्ट्रपति कार्यालय शितल निवासमा सपथको तयारी भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उप राष्ट्रपति पुनलाई सपथ ग्रहण गराउनेछिन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कुनै पनि दलले उप-राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नदिएपछि पुन निर्विरोध भएका थिए। पुन नयाँ वानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उप-राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका थिए। 

राष्ट्रपतिमा वाम गठबन्धनले राष्ट्रपति विद्या भण्डारीलाई नै दोहर्‍याएको थियो। पुन पनि भण्डारीजस्तै दोहोरिएर उप-राष्ट्रपति बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell