PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुन्छ: कानुनमन्त्री तामाङ



पहिलोपोस्ट

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुन्छ: कानुनमन्त्री तामाङ

काठमाडौं:  कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुने बताएका छन्।

आज १६ बुँदे प्रतिवद्दता जारी गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको आचरओ कायम राख्न उक्त कदम चाल्न लागिएको बताएका छन्।

आज सार्वजनिक गरेको मन्त्रालयको कार्ययोजना र प्राथमिकताको १२ औं नम्बरमा लेखिएको छ-न्यायाधीशहरको आचरण कायम राख्न न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन गर्ने लगायतका उपायहरुको अध्ययन गरी कानुन परिमार्जन गरिनेछ। न्यायाधीशहरको आचारसंहिताको पूर्ण कार्यान्वयनको सुनिश्चितताको लागि आवश्यक कार्य गरिनेछ।

संविधान जारी भएको मितिले तीन वर्षभित्रमा कानुन निर्माण भइसक्नुपर्ने भएकोले अबको ६ महिनामा यो काम सक्नुपर्ने भएकोले यो काम गर्ने प्रतिवद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell