PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हाबी भयो: प्रचण्ड



पहिलोपोस्ट

वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हाबी भयो: प्रचण्ड

काठमाडौं:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताएका छन्।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्माण गर्नुपर्ने बताए। ‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्काले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले धेरै कुरा पाएका छौं। तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, त्यसैले अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं।’ पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको उनले बताए।

‘नेपाली जनताले आफ्नो व्यवहारिक जीवनमा परिवर्तन महसुस नगरेसम्म हामीले सबैथोक पाइसक्यौ भन्न मिल्दैन,’ प्रचण्डले भने। बैठकमा संगठनका विभागीय इन्चार्ज दीनानाथ शर्मा र केन्द्रीय अध्यक्ष नरेश भण्डारीलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए। शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचत भएको र भण्डारी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएकोले संगठनको तर्फबाट सम्मान गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell