PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

गोपाल पराजुलीविरुद्ध कीर्तेमा उजुरी



पहिलोपोस्ट

गोपाल पराजुलीविरुद्ध कीर्तेमा उजुरी

काठमाडौं : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 

'उजुरी आएको छ। यस विषयमा हामी थप अनुसन्धान गर्दैछौं,' डिएसपी थापाले भने। गुल्मी इस्पा नगरपालिकाका ३० वर्षीय मदन भण्डारीले उजुरी दिएका हुन्। 

भण्डारीले दिएको उजुरीमा पूर्व प्रधान न्यायधीश पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता फरक-फरक जन्म मिति राखेर कीर्ते गरिएकाले कारबाही गरी पाउँ भन्ने उल्लेख भएको डिएसपी थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell