PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

क्रान्ति अझै सकिएको छैन, रणनीतिमा उतारचढाव आएपनि लक्ष्य फेरिन्न: प्रचण्ड



पहिलोपोस्ट

क्रान्ति अझै सकिएको छैन, रणनीतिमा उतारचढाव आएपनि लक्ष्य फेरिन्न: प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्यूनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताए।

‘सांस्कृतिक प्रतिरोध दिवस जनयुद्ध, जनआन्दोलन लगायतमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि र घाइते अपाङ्ग कमरेडहरूप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने दिन हो,’ प्रचण्डले भने, ‘मुलुकलाई एकतावद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान् अभियानमा समर्पित हुने संकल्प गर्छु।’ जनयुद्धको तयारी, १० वर्षे जनयुद्धको स्तर, जनआन्दोलन, गणतन्त्र, संविधान, संघीयता लगायतका गौरवमय उपलब्धिपछि अब समाजवादी क्रान्तिको अभियानमा रहेको र यसका सैद्धान्तिक, राजनीतिक पक्षको उचाइ निर्माण गर्ने अभियानमा समर्पित हुनुपर्ने प्रचण्डको भनाई छ।

‘हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने छ,’ उनले भने, ‘ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउला, त्यसपछि के होला भन्ने अन्यौल छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell